
१६ असोज, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले संविधान दिवसको अवसरमा सरकारले कसैलाई पनि आममाफी नदिएको बताएकी छन् ।
मंगलबार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले आम माफी नभई कैद कट्टा मात्रै गरेको बताइन् ।
‘यस पटक कसैलाई आममाफी दिइएको छैन, कैद कट्टा हो’ उनले भनिन्, ‘हामीले अपराधीलाई राजनीतिक तवरबाट छुट्नुपर्छ भनेका छैनौं, कारागारमा गइसकेपछि आफूले भोग्ने कानून अनुसार भोग्नुपर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4