+
+

गोरखामा पहिलो पटक आमाको नामबाट नागरिकता वितरण

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १६ गते १९:२०

१६ असोज, गोरखा । जिल्ला प्रशासन कार्यालयले आमाको नामबाट नागरिकताको प्रमाणपत्र दिन सुरु गरेको छ । मंगलबार भीमसेन थापा गाउँपालिका–१ का मञ्जित वानियाँलाई आमाको नामबाट नागरिकता दिएर वितरण कार्यको थालनी गरिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए ।

‘बुबाको पहिचान नखुल्दा १९ बर्षसम्म पनि नागरिकता बनाउन पाएका रहेनछन्’, उनले भने, ‘आज आमा मञ्जु वानियाँको नामबाट नागरिकता प्रदान गर्‍यौं ।’

आवश्यक प्रक्रिया र कागजात पुगेकाहरुले अबका दिनबाट प्रशासनमा आएर आमाको नामबाट नागरिकता बनाउन सक्ने प्रजिअ भुसालले जानकारी दिए । बाबुको पहिचान नखुलेकाहरुले मात्र आमाको नामबाट नागरिकता पाउन सक्ने उनले बताए ।

नागरिकता लिनका लागि जन्मदर्ता, शैक्षिक प्रमाणपत्र, आमाको नागरिकता, बुबा नभएको भनी सम्बन्धित स्थानीयबाट गरिएको मुचुल्का र अनुसूची फारम भर्नुपर्ने प्रशासन कार्यालयले जनाएको छ । त्यस्तै पतिको पहिचान नभएको भनी आमाले लिखित रुपमा स्वघोषणा समेत गरेको हुनुपर्ने बताइएको छ ।

छोराले पनि बाबुको पहिचान नभएको भनी लिखित स्वघोषणा गरेको हुनुपर्ने प्रजिअ भुसालले जानकारी दिए । आवश्यक परेको खण्डमा प्रहरी मुचुल्का समेत माग्न सकिने उनको भनाइ छ ।

सम्बन्धित वडाध्यक्ष वा वडाध्यक्षले तोकेको जनप्रतिनिधि र नजिकका दुई जना आफन्तको सनाखत समेत अनिवार्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?