
१७ असोज, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले दशैंअघि सडक मर्मत गर्न बजेट नभएको बताएका छन् ।
बुधबार प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले दशैंअघि नै सडक र यातायातको उचित व्यवस्थापन गर्न कठिन रहेको बताएका हुन् ।
‘चाडपर्व लक्षित यातायात व्यवस्था सहजीकरण र सडक मर्मत सम्भारका लागि मन्त्रालय गम्भीर छ, तर बजेटको अभाव छ । बजेटको अभावले भनेजस्तो नहुन पनि सक्छ’, उनले भने, ‘प्रक्रियागत झमेलाहरु पनि छन् ।’
मन्त्री ज्वालाले मन्त्रालय अन्तर्गतका काठमाडौं उपत्यकाको सडकको खाल्डाखुल्डी भने दशैंअघि नै पुरिसक्ने प्रतिवद्धता जनाए । त्यसबाहेक नारायणगढदेखि मुग्लिनसम्मको सडकलाई ध्यान दिनुपर्ने देखिएको मन्त्री ज्वालाको भनाइ छ ।
‘पानी परिरहने र पहिरो गइरहने यो सडकमा यो वर्ष चाहिँ यात्रुहरुले धेरै सास्ती भोग्नुपरेन’, उनले भने, ‘यस वर्ष चाडपर्वका बेला त्यहाँ पहिरो आइहाले त्यसको तत्काल व्यवस्थापन हुनेगरी विशेष व्यवस्था गर्छौं ।’
प्रतिक्रिया 4