
१७ असोज, पोखरा । नेकपा एमालेको गण्डकी प्रदेश अधिवेशनमा अन्तत प्यानलगत रुपमा नै चुनावी प्रतिस्पर्धा हुने भएको छ । उपाध्यक्ष विष्णु पौडेल–उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूह र महासचिव शंकर पोखरेल–स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षधर पदाधिकारीमा प्यानलसहित चुनावमा होमिएका हुन् । दुबैतिर प्यानल लिस्टमा नभएका अर्जुनकुमार सुनामले पनि उपसचिवमा उम्मेदवारी दर्ता गराएका छन् । तर, उनी खगराज प्यानलसँग नजिक छन् ।
अधिवेशनमा गण्डकीका ११ जिल्लाबाट ९ सय ७ प्रतिनिधि छनोट भएका छन् । कास्कीबाट सबैभन्दा धेरै एकसय ४६ र मनाङबाट सबैभन्दा कम १४ प्रतिनिधि अधिवेशनमा सहभागी छन् । १५ गतेदेखि सुरु भएको अधिवेशनमा बुधबार मनोनय दर्ता हुँदा १६५ जना लागि ३ सय ८२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
दुबै अध्यक्षका उम्मेदवार तथा तिनलाई साथ दिइरहेका नेताहरुले आआफ्नो जीत निश्चित भएको प्रचार गरिरहेका छन् । दुई प्यानलबीच नतिजा आफ्नो पक्षमा ल्याउन कसरत भइरहेको छ । तेस्रो धारको अभ्यास गरेका भनिएका सचिव पद्मा अर्याल र स्थायी कमिटी सदस्य किरण गुरुङ दुबै समूहले आफूतिर लागेको भन्दै प्रचार गरिरहेका छन् । तर, उनीहरु भने बाहिर देखिने गरी कतै खुलेका छैनन् ।
प्यानलै मनोनयन दर्ता भए उम्मेदवारी नै खारेज गर्ने बताएका सचिव तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले अझै पनि सर्वसम्मतिका लागि प्रयास गर्ने बताएका छन् । अधिवेशनमा विभिन्न क्लस्टरमा २७ जना निर्विरोध निर्वाचित भएका छन् ।
मनाङ (संघीय निर्वाचन क्षेत्र भूगोल)
चिन घले
मनाङ जिल्ला भूगोल (खुल्ला)
बाबुराम नेपाली
पेम्बा घले
लमजुङ जिल्ला भूगोल (खुल्ला)
प्रेमबहादुर घले
फूलबहादुर थापा
लमजुङ जिल्ला भूगोल (महिला)
लक्ष्मी अधिकारी
विष्णुमाया राना
लमजुङ जिल्ला (दलित)
नन्दराम विश्वकर्मा
आदिवासी जनजाति (महिला)
जोगमाया महतो
निर्मला थापा
लालसुब्बा गुरुङ
मुस्ताङ जिल्ला भूगोल (खुल्ला)
हेमेन्द्र शेरचन
मुस्ताङ जिल्ला भूगोल (महिला)
शर्मिला गुरुङ
मुस्ताङ संघीय निर्वाचन क्षेत्र भूगोल
इन्द्रधारा विष्ट
अल्पसंख्यक (महिला)
सुनकुमारी भुजेल घर्ती
मुस्ताङ जिल्ला भूगोल (दलित)
तिलक विक
गोरखा–१ संघीय निर्वाचन क्षेत्र भूगोल
टिकानारायण श्रेष्ठ
गोरखा–२ संघीय निर्वाचन क्षेत्र भूगोल)
हरिप्रसाद काफ्ले
बाग्लुङ–१ संघीय निर्वाचन क्षेत्र भूगोल
लिला राणा
बागलुङ–२ संघीय निर्वाचन क्षेत्र भूगोल
टंकप्रसाद शर्मा पौडेल
म्याग्दी संघीय निर्वाचन क्षेत्र भूगोल
हरिकृष्ण श्रेष्ठ
म्याग्दी जिल्ला भूगोल
किरण सापकोटा
म्याग्दी जिल्ला भूगोल दलित
पुष्कर विक
प्रदेश मजदुर (महिला)
संगीता पाण्डे
जिल्ला भूगोल दलित (नवलपुर)
कृष्णबहादुर विके
लेखा समिति
महिला सदस्य
मन्जु केसी
रेखा पौडेल
प्रतिक्रिया 4