+
+

माओवादी सांसदको टिप्पणी : ओलीले दुई घण्टा बोल्दा पीडा, आक्रोश र कुण्ठामात्र पोख्नुभयो

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १८ गते १४:५४

१८ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले संसदमा पूर्वप्रधानमन्त्रीलाई दिने गरिएको असिमित समयको दुरुपयोग भएको टिप्पणी गरेकी छन् ।

मंगलबार पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा दुई घण्टा भन्दा बढी समय सम्बोधन गरेका थिए ।

बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद राईले पूर्वप्रधानमन्त्रीका लागि पनि समय निर्धारण हुनुपर्ने धारणा राखिन् ।

‘सम्मानित सदनलाई सार्वभौम र गरिमामय बनाउने हो भने उहाँहरुले बोल्दा पनि समय निर्धारण गर्न आवश्यक छ । सभामुखको ध्यानाकर्षण होस्’ उनले भनिन् ।

पूर्वप्रधानमन्त्री ओलीले असिमित समय लिएर कुण्ठा मात्रै पोखेको सांसद राईको टिप्पणी छ । ‘अघिल्लो बैठकमा पूर्वप्रधानमन्त्रीले दुई घण्टा तीन मिनेट बोल्दा सत्ता बाहिर बस्नु पर्दाको पीडा, आक्रोश र कुण्ठा पोख्नुबाहेक सारमा केही बोल्नुभएन’, राईले भनिन् ।

पूर्वप्रधानमन्त्री ओलीले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति व्यक्तिगत दुस्मनीको शैलीमा प्रस्तुत भएको पनि उनले बताइन् ।

उनी भन्छिन्, ‘गठबन्धन सरकारलाई गाली मात्रै होइन, प्रधानमन्त्रीलाई व्यक्तिगत दुस्मनीको शैलीमा प्रस्तुत हुनु स्वभाविक देखिएन । पटक–पटक सम्झीसम्झी त्यही कुरा बोलिरहनुभयो । बोल्नका लागि बोल्नुभयो, असिमित समयको दुरुपयोग भयो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?