
१८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले धर्म र सम्प्रदायको झण्डा छोडेर देशको झण्डा बोक्नुपर्ने बताएका छन् ।
बिहीवार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद झाले देशका विभिन्न भू-भागमा धर्म र साम्प्रदायिक दंगा निम्त्याउने प्रयास भइरहेको बताए ।
उनले भने, ‘हाम्रो देशको केही भू–भागहरुमा हामी धर्मको लडाइँ गर्दैछौं। साम्प्रदायिक दंगा निम्त्याउने प्रयासहरु हुँदैछ त्यहाँ । केही दलहरुले, केही राजनीतिज्ञहरुले अहिलेदेखि नै भोटको राजनीति गर्न थालेका छन् । त्यो कसैको लागि फाइदाजनक हुनेछैन ।’
उनले धर्म र सम्प्रदायको झण्डाभन्दा देशको झण्डा महत्वपूर्ण भएको भन्दै देशको झण्डा बोक्नुपर्ने बताए । उनले राजनीतिक दलहरुले भोटको राजनीति गरिरहेका भन्दै त्यसले क्षणिक फाइदा मात्रै हुने बताए । विगतमा दल, धर्म र सम्प्रदायको मात्रै झण्डा बोकेको उल्लेख गर्दै उनले अब त्यसभन्दा माथि उठ्नुपर्ने बताए ।
‘कुनैपनि पुस्तालाई हामीले देशको झण्डा बोक्न सिकाएनौं । देशको झण्डा बोक जुन धर्म र सम्प्रदायभन्दा महत्वपूर्ण छ भनेर । अहिले पनि देशको झण्डा भन्दा धर्म । तर देशको झण्डा कसले बोकिदिने ?’ उनले भने ।
धर्म र साम्प्रदायिक दंगाबाट बच्न सबै सजग र जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया 4