+
+

शिक्षा क्षेत्रको निजीकरणले युवालाई देशमा बस्न नसक्ने बनायो : गोकुल बास्कोटा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १९ गते १३:०५

१९ असोज, काठमाडौं । नेकपा एमालेका सांसद गोकुलप्रसाद कास्कोटाले शिक्षा क्षेत्रको निजीकरणले शैक्षिक क्षेत्रमा समस्या सिर्जना गरेको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभामा प्रस्तुत विद्यालय शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले ‘शैक्षिक क्षेत्रमा मुलुक पोलिसी डिपाचरमा जान खोजेको जस्तो’ देखिएको भनी सरकारको ध्यानाकर्षण गरे ।

‘बहुदलीय व्यवस्थाको आगमनसँगै शैक्षिक क्षेत्रमा गरिएको अन्धाधुन्ध निजीकरणको परिणाम, आजको शैक्षिक बेतिथी, अति राजनीतिकरण, गुणस्तरका कमी, ब्रेन डेनको अवस्था, सारा देशका भविष्यका कर्णधारहरुले यो देश मेरो हो र बाँच सक्छु र यो देशलाई योगदान दिन सक्छु भन्ने आधार सिर्जना भएन’ बास्कोटाले भने ।

विद्यालयका नामहरु समेत नेपाली नभएकोमा उनको विरोध छ । ‘कलेजका नामहरु बार्सा, चेल्सी, लिभरपुल’ उनले थपे, ‘के यहाँ सगरमाथा छैन ? जनक छैन । केही पनि छैन ?’

सार्वजनिक विद्यालयमा पढाउने शिक्षकले समेत आफ्नो बच्चालाई सामुदायीक सार्वजनिक विद्यालयमा पढाउने गरी विश्वास गर्न नसकेको बताए । समाजवादमा पुग्नका लागि शिक्षालाई सही रुपमा अगाडि लानुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?