+

ब्रेकिङ डान्सर दीपक एसियाडमा पहिलो चरणबाटै बाहिरिए

२०८० असोज  १९ गते १५:१८ २०८० असोज १९ गते १५:१८
ब्रेकिङ डान्सर दीपक एसियाडमा पहिलो चरणबाटै बाहिरिए

१९ असोज, हान्झाउ । चीनको हान्झाउमा जारी १९औं एसियाड अन्तर्गत डान्स स्पोर्ट्सको ब्रेकिङ विधामा नेपालका दीपक लामा पहिलो चरणबाटै बाहिरिएका छन् ।

पुरुषतर्फ शुक्रबार भएको प्रि सेलेक्समा प्रतिस्पर्धा गरेका उनी पहिलो चरणबाट अघि बढ्न सकेनन् ।

प्रिसेलेक्सनमा कुल २५ खेलाडीले प्रतिस्पर्धा गरेकोमा दीपक २३औं स्थानमा रहे । दीपकले ताजिकिस्तानका दुई खेलाडीलाई मात्र पछि पारे ।

प्रिसेलेक्सनबाट शीर्ष १६ स्थानमा रहेका खेलाडीहरु भने अघिल्लो चरणमा प्रवेश गरेका छन् ।

एसियाडमा पहिलो पटक नेपालले डान्स स्पोर्ट्समा सहभागिता जनाएको हो । दीपकले एसियाडअघि बेल्जियमा भएको वर्ल्ड डान्स च्याम्पियनसिपमा सहभागिता जनाएका थिए । वर्ल्ड च्यामपियनसिपको अनुभव एसियाडमा प्रयोग गर्ने बताएका उनले सोचे अनुसारको नतिजा भने ल्याउन सकेनन् ।

एसियाली खेलकुद दीपक लामा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय