१९ असोज, काठमाडौं । श्रीलंकामा आयोजना हुने काभा भलिबल च्यालेन्ज कप खेल्न जाने नेपाली पुरुष भलिबल टिमको बिदाइ सम्पन्न भएको छ ।
नेपाल भलिबल संघले शुक्रबार नक्सालस्थित होटल क्राउन प्लाजामा भएको कार्यक्रममा टिमको बिदाइ गरेको हो ।
असोज २२ गतेबाट श्रीलंकामा सुरु हुने प्रतियोगितामा नेपालसहित ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।
१९ औं एसियन गेम्सबाट पछिल्लो हप्ता शनिबार स्वदेश फर्किएको नेपाली पुरुष टिम अर्को महत्वपुर्ण प्रतियोगिता खेल्न श्रीलंका जान लागेको हो ।
एसियन गेम्स खेलेकै खेलाडी यो प्रतियोगिता खेल्न श्रीलंका जाँदैछन् । अफिसियलमा भने यस पटक म्यानेजरका रुपमा भीम ओली टिमसँग जाँदैछन् ।
प्रतिक्रिया 4