+
+

मावि शिक्षकको लाइसेन्स परीक्षामा आधा मात्र पास

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १९ गते १८:४०

१९ असोज, काठमाडौं । माध्यमिक तह शिक्षक लाइसेन्स परीक्षामा आधा मात्र पास पाएका छन् ।

शिक्षक सेवा आयोगले बिहीबार साँझ प्रकाशन गरेको नतिजा अनुसार ४९ हजार १७० सहभागी भएकोमा २४ हजार ३३६ जना पास भउका हुन् । अब उनीहरुले मात्र लाइसेन्स पाउने छन् ।

आयोगले माध्यमिक तह, अध्यापन अनुमतिपत्रको लिखित परीक्षा २३ भदौमा लिएको थियो ।

कोशी प्रदेशका ७ हजार ७०१ जना सहभागीमध्ये ३ हजार ८१९ (४९.५९ प्रतिशत), मधेशमा ७ हजार १९२ सहभागीमध्ये २ हजार ५०४ (३४.८२ प्रतिशत), बागमती प्रदेशका १२ हजार २९३ सहभागी मध्ये ६ हजार ५५७ (५३.३४ प्रतिशत) शिक्षण लाइसेन्स पाउने भएका छन् ।

त्यस्तैगरी लुम्बिनी प्रदेशका ७ हजार ५५९ सहभागी मध्ये ४ हजार १४१ (५४.७४ प्रतिशत), गण्डकी प्रदेशबाट ३ हजार ९८८ सहभागी मध्ये २ हजार २९० (५७.४२ प्रतिशत), कर्णालीबाट ४ हजार ७४४ सहभागी मध्ये २ हजार २९९ (४८.४६ प्रतिशत) र सुदुरपश्चिम प्रदेशका ५ हजार ६९३ सहभागी मध्ये २ हजार ७५६ (४८.४१ प्रतिशत) लाइसेन्स पाएका छन् ।

आयोगले यसपटकदेखि लाइसेन्स परीक्षाको नतिजा एसएमएसबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?