+
+

उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने श्रेष्ठलाई थुनामा पठाउन आदेश

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १९ गते १९:२४

१९ असोज, काठमाडौं । जिल्ला अदालत काठमाडौंले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेमध्येका एक सयुज श्रेष्ठलाई मुद्दाको टुंगो नलागुञ्जेल थुनामा पठाउन आदेश दिएको छ ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले श्रेष्ठको धरौटी अस्वीकार गरी उनलाई थुनामै पठाउन आदेश गरेको हो ।

श्रेष्ठ यसअघि नै साधारण तारेखमा छुटेका थिए । उच्च अदालतले उनलाई ५ लाख धरौटी बुझाउन र अन्तरिम क्षतिपूर्ति दिन आदेश दिएको थियो ।

धरौटी नबुझाई फरार रहेका उनलाई अदालतले थुनामा पठाउन आदेश दिएको हो । थुनामा जानुपर्ने भएपछि उनी धरौटी बुझाउन तयार भएका थिए, तर अदालतले अस्वीकार गरेको हो ।

२० असोज २०७७ मा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा परिसरमा समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि आक्रमण भएको थियो ।

नेपाल विद्यार्थी संघको त्रिभुवन विश्वविद्यालय क्याम्पस इकाइका तत्कालीन सभापति हरिप्रसाद आचार्य र सचिव योगेन्द्र रावलको नेतृत्वको समूहले आफूलाई आक्रमण गरेको उपप्राध्यापक चलाउनेले बताउँदै आएका छन् ।

घटनामा उनीहरूसहित दीपकराज ओझा, रुपेश साह, रविन लामा, सयुज श्रेष्ठ, निरज रानामगर लगायत संलग्न भएको आरोप थियो । उनीहरूमाथिको मुद्दा जिल्ला अदालतमा विचाराधीन नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?