+
+

मन्त्रालय फुटाएर मधेशमा सातौं पटक मन्त्रिपरिषद पुनर्गठन

जनमतका मन्त्री रहेको मन्त्रालय फुटाएर बिना विभागीयमन्त्री सुरितालाई मन्त्रालय

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १९ गते १९:२७
सुरिता साह ।

१९ असोज, जनकपुरधाम । मधेश प्रदेश सरकारले फेरि मन्त्रालय फुटाएर सातौं पटक मन्त्री पुनर्गठन गरेको छ ।

चार महिनादेखि विना विभागीय मन्त्री रहेकी जसपाकी सुरिता साहलाई दिन जनमतको भागमा रहेको शिक्षा तथा समाजक कल्याण मन्त्रालय फुटाएर एक मन्त्रालय थपेको हो ।

सो मन्त्रालय फुटाएर खेलकुद तथा समाज कल्याण मन्त्रालय र शिक्षा तथा संस्कृति मन्त्रालयको बनाएको छ । सुरिता साहलाई खेलकुद तथा समाज कल्याण मन्त्रालय र यसअघि शिक्षा तथा समाजक कल्याण मन्त्री रहेका जनमतका संसदीय दलका नेता महेशप्रसाद यादवलाई शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले आज शुक्रबार विज्ञप्ति प्रकाशित गरि कार्यविभाजन सार्वजनिक गरेका हुन् ।

तर मुख्यमन्त्रीले मनपरी ढंगले आफ्नो भागको मन्त्रालय फोडेको भन्दै जनमत पार्टी असन्तुष्ट बनेको छ । बुधबारको समेत क्याबिनेट बैठकमा मन्त्रालय फोड्ने र कार्यविभाजनको प्रस्ताव नै नल्याइ मुख्यमन्त्रीले चोरबाटोबाट त्यसो गरेको जनमतका मन्त्री महेश प्रसाद यादवले दावी गरे ।

‘क्याबिनेट बैठकमा म पनि थिएँ । मन्त्रालय फोड्ने र कार्यविभाजको प्रस्ताव आएकै थिएन’, उनले भने ‘मुख्यमन्त्री नै क्याबिनेट हुनुहुन्छ । कसरी गर्नुभयो उहाँलाई नै थाहा होला । गठबन्धन र क्याबिनेटमा कुनै छलफल भएको छैन ।’

जनमतले छलफल गरेपछि मात्र मन्त्रालयको पदभार ग्रहण गर्ने की नगर्ने निर्णय लिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?