+
+

दललाई मुख्यमन्त्री हिक्मत कार्कीको पत्र : स्थायित्वका लागि मत दिनुहोस्

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २० गते १०:०१

२० असोज, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत दिन आग्रह गर्दै प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दललाई आग्रह गरेका छन् ।

स्थायित्व र सहकार्यका लागि मत दिन सबै दललाई पत्र लेखेका हुन् । सर्वाेच्च अदालतको परमादेशपछि २२ भदौंमा नियुक्त भएका कार्कीले आज विश्वासको मत लिंदैछन् ।

‘नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम नियुक्त मुख्यमन्त्री म हिक्मतकुमार कार्कीले १६८ को उपधारा (४) बमोजिम कोशी प्रदेश सभाबाट विश्वासको मत लिन प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधन सहित) को नियम १२८ को उपनियम (१) र  (२) बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्न कोशी प्रदेश सभा सचिवालयमा सूचना दर्ता गराएको हुँदा उक्त प्रस्तावको पक्षमा मतदान गरी विश्वासको मत दिनुहुन तपाईंको दल समक्ष हार्दिक अनुरोध गर्दछु,’ पत्रमा भनिएको छ, ‘साथै, विश्वासको पक्षमा तपाईंको दलको तर्फबाट दिनु भएको मतले प्रदेश संरचनाको स्थायित्व र दलीय सहकार्य एवंम सद्भावमा ठोस योगदान पुग्ने विश्वास लिएको छु ।’

२२ भदौंमा नियुक्त भएका उनले विश्वासको मत लिनका लागि १७ असोजमा प्रदेश सभाको चौथो अधिवेशन आहृवान गरेका थिए ।

कार्कीलाई नेपाली कांग्रेस, माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी पार्टी र जसपाले विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।

नेपाली कांग्रेस प्रमुख सचेतक भूपेन्द्र राईले वर्तमान सरकारलाई विश्वासको मत नदिने बताए । माओवादी केन्द्र दलका नेता इन्द्रबहादुर आङ्बोले पनि विश्वासको मत दिने अवस्था नरहको बताए ।

राप्रपाले भने मतदान अघि निर्णय गर्ने बताएको छ ।

मुख्यमन्त्री कार्कीले विश्वासको मत नपाए संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन प्रारम्भ हुनेछ । उपधारा ५ अनुसार नेतृत्वका लागि एमाले, कांग्रेस र माओवादी केन्द्रले दाबेदारी प्रस्तुत गरेका छन् ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । प्रदेश सभामा एमालेको उपसभामुखसहित ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाको ६, नेकपा (एकीकृत समाजवादी)का ४ र जसपाको १ सांसद छन् ।

कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकिकृत समाजवादी पार्टीका ४ र जसपाका एक गरी बहुमत संख्या प्रतिपक्षमा छ । ६ सांसद रहेको राप्रपा तटस्थ देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?