+
+

नुहाउने क्रममा डोटीका २ बालक सेतीमा बेपत्ता

रासस रासस
२०८० असोज २० गते १५:१९

२० असोज, डोटी । डोटीको सेती नदीमा नुहाउने क्रममा दुई बालक बेपत्ता भएका छन् ।

दिपायल सिलगढी नगरपालिका–४ स्थित सेती पुल नजिक नुहाउने क्रममा दुई बालका बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तले जानकारी दिए ।

उनका अनुसार बेपत्ता हुनेमा वडा नं ४ पिपल्ला बजारका ८ वर्षीया खुसी प्रजापति र सोही ठाउँका साढे दुई वर्षका सिद्धार्थ देउवा छन् ।

बेपत्ता दुवैको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । खोजीका लागि सुरक्षाकर्मी तथा स्थानीयबासिन्दा खटिएका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?