+

एसियाडको क्रिकेटमा भारतलाई स्वर्ण, अभागी अफगानिस्तान

२०८० असोज  २० गते १६:१८ २०८० असोज २० गते १६:१८
एसियाडको क्रिकेटमा भारतलाई स्वर्ण, अभागी अफगानिस्तान

२० असोज, हान्झाउ । चीनको हान्झाउमा जारी एसियाली खेलकुदको क्रिकेटमा भारतले स्वर्ण पदक जितेको छ ।

वर्षाका कारण फाइनल खेल पूरा नभएपछि वरीयतामा अघि रहेको आधारमा भारतलाई स्वर्ण पदक प्रदान गरिएको छ ।

वरीयताका आधारमा पछि परेको अफगानिस्तानले भने रजत पदकमा चित्त बुझाएको छ ।

पहिला ब्याटिङ गरेको अफगानिस्तानले १८.२ ओभरमा ५ विकेट गुमाउँदै ११२ रन बनाएको स्थितिमा पानी परेपछि खेल रोकिएको थियो ।

तर पछि पानी नरोकिएपछि वरीयताका आधारमा भारतलाई विजेता घोषित गरिएको हो ।

पाकिस्तानलाई हराउँदै बंगलादेशले जित्यो कांस्य

वर्षाले प्रभावित अर्कोखेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै बंगलादेशले भने कास्य पदक जितेको छ ।

डीएलएस मेथडका आधारमा ५ ओभरमा ६५ रन बनाउनु पर्ने लक्ष्य पाएको बंगलादेशले अन्तिम बलमा लक्ष्य भेट्टायो र कास्य जित्यो ।

पाकिस्तानले ५ ओभरमा १ विकेट गुमाएर ४८ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो ।

झरी रोकिएपछि पुन खेल सुरु हुँदा बंगलादेशलाई डीएलएस मेथडका आधारमा ५ ओभरमा ६५ रनको लक्ष्य दिइएको थियो ।

एसियाली खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय