+
+

प्लाई र केमिकल गोदाममा आगलागी हुँदा ४ करोडको क्षति

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २० गते १९:११

२० असोज, विराटनगर । प्लाई र केमिकल गोदाममा आगलागी  हुँदा  करिब पौने ४ करोड रूपैयाँ बराबरको क्षति भएको  छ ।

बूढीगंगा गाउँपालिका–१ गंगा चोकमा रहेको प्लाई र केमिकल गोदाममा आगलागी हुँदा पौने चार करोड बराबरको क्षति भएको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार सो गोदाम उद्योगी दिवाकर राठीको हो ।

आज दिउँसो १२:३० बजेतिर लागेको आगो  आगो नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी तथा ५ वटा दमकलको सहयोगमा दिउँसो ४:५५ बजेतिर नियन्त्रणमा लिइएको हो ।

आगलागीबाट प्लाईका ३ वटा गोदाम पूर्ण रूपमा जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?