काठमाडौं । १० खेलाडीमा सिमित भएको टोटनह्यामले ल्युटनमाथि संघर्षपूर्ण जित हात पारेको छ । जितसँगै प्रिमियर लिगमा यो सिजन अपराजित रहेको टोटनह्याम ८ खेलबाट २० अंकका साथ शीर्ष स्थानमा उब्लिएको छ ।
ल्युटनको घरेलु मैदानमा भएको खेलमा टोटनह्याम पहिलो हाफको इन्जुरी टाइममा १० खेलाडीमा सिमित भएको थियो । उसका यिव बिसुमाले रातो कार्ड पाएका थिए । तर दोस्रो हाफको सुरुमै मिकी भान डेवेनले गोल टोटनह्यामका लागि गोल गरे ।
दोस्रो हाफमा ल्युटनले केही राम्रा अवसरहरु सृजना गरेको थियो, तर गोलमा परिणत गर्न सकेन ।
प्रतिक्रिया 4