
२१ असोज, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले प्यालेस्टायनी समूह हमासले गरेको इजरायलमा गरेको आक्रमणलाई लिएर संसदमा सम्बोधन गर्ने भएका छन् ।
संसदको बैठक दिउँसो १ बजे बोलाइएको छ । बैठकमा विशेष समय लिएर परराष्ट्रमन्त्री साउदले सम्बोधन गर्ने तय भएको स्रोतले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार अहिलेसम्म आक्रमणमा ९ जना नेपाली घाइते भएको खबर छ । उनीहरुमध्ये २ जनाको अवस्था गम्भीर छ ।
इजरायली अधिकारीहरुका अनुसार अहिलेसम्म आक्रमणमा परी मृत्यु हुनेको संख्या २५० पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4