+
+

इजरायलमा रहेका नेपालीको उद्धार गर्न कांग्रेसको माग

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २१ गते १६:३०

२१ असोज, काठमाडौं  । नेपाली कांग्रेसले इजरायलमा रहेका नेपालीको उद्धार तथा स्वदेश फर्काउन सरकारसँग माग गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार वक्तव्य जारी गर्दै इजरायलमा भएको आक्रमणको भर्त्सना समेत गरेका छन् ।

केही नेपाली घाइते भएको र केही बन्धक बनाएको भन्दै देउवाले इजरायलमा रहेका नेपालीलाई तत्काल सुरक्षित स्थानमा पुर्‍याउन माग गरेका छन् । उनले अघि भनेका छन्, ‘आवश्यक उद्धार गर्ने र यथासम्भव स्वदेश फर्काउनका लागि नेपाल सरकारले अविलम्ब कूटनीतिक पहल गर्न नेपाली कांग्रेस जोडदार माग गर्दछ ।’

साथै इजरायलमा कार्यरत नेपालीलाई स्वदेश फर्कने वातावरण निर्माण गरिदिन छिमेकी देशहरू, अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्था, आप्रवास सम्बन्धी संगठन, अन्तर्राष्ट्रिय रेडक्रस समिति लगायत सम्बद्ध सबै अन्तर्राष्ट्रिय समुदायहरूसँग आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?