+
+

गुल्मीका ६ ठाउँमा दसैं-तिहार लक्षित नागरिक सहायता कक्ष स्थापना

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २२ गते ६:३१

२२ असोज, गुल्मी ।गुल्मीमा दसैं, तिहार पर्वका बेला यात्रुहरुलाई सुरक्षित यात्राको व्यावस्था मिलाउन नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।

जिल्लाको जोहाङ्ग, वामी, रिडी बसपार्क, श्रृङ्गा, तम्घासको बुढाथोकी बसपार्क र उदिनढुङ्गा बसपार्क गरी ६ वटा स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मी र जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले नागरिक सहायता कक्षको स्थापना गरेका हुन् ।

सहायता कक्षको स्थपाना गर्दै गुल्मीबाट बुटवलको छुट्ने बसको चालकलाई जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले फुलमाला लगाएर शुभारम्भ गरिएको हो ।

दसैं तिहारको समयमा बसपार्क क्षेत्रमा अत्यधिक भीड हुने भएकाले नागरिकको सहजताको लागि सहयाता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी गुल्मीका प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले बताए ।

यो अवधिमा दुर्घटना हुने भएका सवारी चेक जाँच, ओभर लोड र मापासे चेकजाँचलाई कडाइका साथ लैजाने प्रधानले बताए ।

यात्रा गर्दा नागरिकले अनावश्यक सास्ती भोग्नुपर्ने, लुटिने तथा कुटिने चर्को मूल्य तिनु पर्ने समेतका घटनालाई मध्यनजर गरी नागरिक सहायता कक्ष स्थापना गरिएको हो ।

सहायता कक्षबाट सवै नागरिकलाई सचेत भएर यात्रा गर्नका लागि जनचेतना फैलाउने काम प्रहरीले गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरीक्षक कृष्णप्रसाद आचार्यले बताए ।

सहज र सरल तरिकावाट यात्राका लागि वातावरण तयार गर्न यात्रु र सम्वन्धित यातायात व्यवसायी संघ, सँस्थासँग समन्वय गर्ने काम प्रहरीले गर्नेछ ।

चाड पर्वका बेला हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण गर्न र सहज यात्राका लागि पनि नागरिक सहायता कक्षबाट काम हुने आचार्यले बताए ।

तम्घासको बसपार्कमा स्थापना भएको सहायता कक्षमा चौबिसै घण्टा प्रहरीहरुले सेवा प्रदान गर्नेछ ।

यात्रुहरुलाई सजग र सुरक्षित यात्राका लागि समय समयमा जनचेतना मूलक सन्देश प्रवाह प्रहरीले गर्नेछ ।

नागरिक सहायता कक्षमा नागरिकले आफ्ना समस्या र गुनासाहरु पनि राख्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?