
२२ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहराको भूमिगत पार्किङ खुला गरेको छ ।
डेढ लाख वर्ग फिट पार्किङ क्षेत्र रहेको धरहराको बेसमेन्टमा ५० हजार वर्गफिट बराबरको क्षेत्रफलमा पार्किङ खुला भएको महानगरपालिकाले जनाएको छ ।
‘तीन तल्लामध्ये पहिलो तल्लामा पार्किङ आइतबारदेखि खुलेको छ । बाँकी दुई तल्लामा केही पानी हटाउनुपर्ने र सरसफाइ गर्नुपर्ने भएकोले खुलाइएको छैन,’ महानगर नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले अनलाइनखबरसँग भने ।
पार्किङ खुलाको सुरुवात भएकोले तत्कालका लागि निःशुल्क पार्किङ उपलब्ध गराइएको र पुरै सञ्चालनमा आएपछि ठेक्का मार्फत पार्किङ शुल्क उठाउने तयारी रहेको महानगरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4