+
+

इजरायलमा रहेका नेपालीलाई परराष्ट्रमन्त्रीको आश्वासन : उद्धारका लागि समन्वय भइरहेको छ

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २२ गते १७:३७

२२ असोज, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले प्यालेस्टाइनी लडाकु समूह हमासको आक्रमणका कार इजरायलमा अलपत्र परेका नेपाली विद्यार्थीहरूसँग कुराकानी गरेका छन् ।

सोमबार दिउँसो इजरायलमा रहेका नेपाली विद्यार्थीसँग भिडिओ कुराकानी गर्दै मन्त्री साउदले सरकारको तर्फबाट उद्धारका लागि पहल भइरहेको जानकारी गराएका हुन् ।

भिडिओ संवादका क्रममा परराष्ट्रमन्त्री साउदले उद्धारका लागि नेपाल सरकार निरन्तर प्रयासमा लागिरहेको भन्दै आक्रमण सुरु भएको दिन शनिबारदेखि नै राजदूतावाससँग समन्वय गरेर प्रक्रिया अघि बढाइएको बताए ।

यसअघि आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि त्यहाँ रहेका विद्यार्थीसँग भिडिओ कुराकानी गरेका थिए । सुदूरपश्चिम विश्वविद्यालयबाट अध्ययनका लागि इजरायल पुगेका ४९ जना विद्यार्थीमध्ये १० जना आक्रमणमा परी मारिएका छन् ।

इजरायलस्थित नेपाली राजदूतावासका अनुसार ४ जना नेपाली विद्यार्थी घाइते छन् भने एकजना अझैँ सम्पर्कविहीन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?