+
+

सिक्किम बाढीपहिरोपछि १० नेपाली सम्पर्कविहीन

हरि अधिकारी हरि अधिकारी
२०८० असोज २२ गते १८:५१

२२ असोज, विराटनगर । रोजगारीका लागि सिक्किम पुगेका इलामका १० नेपाली सम्पर्कविहीन भएका छन् ।

असोज १७ गते सिक्किमा भीषण वर्षापछि बाढी पहिरो गएको थियो । घटनापछि इलामका १० जना सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहीन मध्ये पाँच जना एकै गाउँका छन् ।

उनीहरुलाई सम्पर्कको प्रयास गर्दा सम्पर्क हुन नसकेको र अवस्था पनि थाहा हुन नसकेको इलाम ९ गोलखर्कका विक्रम लिम्बूले बताए । सम्पर्कविहीन भएका पाँच जना लिम्बूका छिमेकी हुन् । ८ दिनदेखि सम्पर्कविहीन भएकाहरुको खोजी गर्दा अवस्था पत्ता नलागेको उनले बताए ।

उनका अनुसार इलाम ९ गोलखर्कका ४० वर्षीय सेनबहादुर कार्की(सानु) ३० वर्षीय लाक्पा शेर्पा, सोही स्थानकी नरमाया बस्नेत, कुमार बस्नेत र खुशी बस्नेत सम्पर्कविहीन छन् ।

अन्य पाँच जनाको विवरण नखुलेको उनले बताए । ‘यहाँबाट १० जनाको टोली एकैपटक गएको थियो, अहिले दश जना नै सम्पर्कमा छैनन,’ उनले भने, ‘सिक्किममा रहेका अरु साथीहरुसँग सम्पर्क गर्दा उहाँहरुको अवस्था खुलेको छैन ।’

बेपत्ता भएकाहरु सिक्किमको लाचेन क्षेत्रमा काम गर्न गएका थिए । सोही क्षेत्रमा अत्याधिक वर्षापछि टिष्टाको बाँध फुटेर बाढी आएको थियो । बाढीमा परी २२ जना सैनिकसहित १०५ जना बेपत्ता भएको भारतीय सञ्चार माध्ययमले जनाएका छन् ।

बाढी आएकै क्षेत्रमा गएका नेपालीहरु सम्पर्कविहीन भएका कारण खोजीका लागि पहल गर्न लिम्बुले सरकारसँग माग गरे । सिक्किममा रोजगारीका लागि पूर्वी पहाडी जिल्लाबाट नेपालीहरु जाने गरेका छन् ।

इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले भने सिक्किमा दुई जना नेपाली मात्रै बेपत्ता भएको जानकारी आएको बताए ।

‘दुईजना सम्पर्कविहीन भएको अनौपचारिक जानकारी मात्रै हो, औपचारिक होइन,’ उनले भने, ‘अन्य मानिस बेपत्ता भएको कुनै जानकारी आएको छैन ।’

लुचेन भन्दा दक्षिणपट्टीको बाँध भत्केका कारण लुचेनमा रहेकाहरु सुरक्षित छन् भन्ने आश रहेको उनले बताए । विद्युत र इन्टरनेट, टेलिफोन अवरुद्ध भएका कारण सम्पर्क स्थापन हुन नसकेको उनको भनाइ छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?