
२२ असोज, बुटवल । बुटवल उद्योग वाणिज्य संघको २५ औं अधिवेशन अन्तरगत सोमबार भएको मतदानमा एक हजार पाँच सय ६ मत खसेको छ । १ हजार ७७८ मतदाता रहेकामा पदाधिकारीतर्फ १ हजार ५०६ र सदस्यतर्फ १ हजार ५०२ मत खसेको प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी दिए । पदाधिकारीतर्फ ७ जनाका लागि १४ जनाबीच र १७ जना कार्यसमिति सदस्यका लागि ३४ जनाबीच चुनाव भएको हो ।
संघको सचिवालय भवनमा बिहान १० बजेदेखि सुरु भई साँझ ५ बजेसम्म भएको मतदानको गणना आजै रातिदेखि गरिने पाण्डेले बताए । ४ स्थानमा मतगणना गरिने र त्यसमध्ये तीन स्थानमा सदस्यको र एक स्थानमा पदाधिकारीको मत गणना गरिने पाण्डेले बताए ।
अध्यक्ष पदमा हरिप्रसाद अर्याल र दिनेशप्रसाद श्रेष्ठको नेतृत्वमा प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा छन् । अर्याल पूर्व वाणिज्य उपाध्यक्ष हुन् भने श्रेष्ठ मौजुदा कार्यसमितिको वरिष्ठ उपाध्यक्ष हुन् ।
एकल उम्मेदवारी परेपछि वरिष्ठ उपाध्यक्षमा टंकप्रसाद गैरे र वाणिज्य उपाध्यक्ष पदमा विमलराज भट्टराई निर्विरोध निर्वाचित भएका छन् । गैरे र भट्टराई श्रेष्ठ र अर्यालको दुवै प्यानलमा थिए ।
त्यस्तै उद्योग उपाध्यक्ष पदमा नविनप्रसाद श्रेष्ठ र सुरज भट्टराई, महासचिव पदमा बाबुराम बिक र मुक्तिप्रसाद अधिकारी, कोषाध्यक्ष पदमा बसन्तप्रसाद ढकाल र प्रकाशकुमार श्रेष्ठ, सचिव पदमा भेषराज गैरे र प्रतिक पोखरेल तथा सहकोषाध्यक्ष पदमा धनकुमारी खनाल सविता र जाकिर हुसेनबीच, एसोसियट सदस्य पदमा बालकृष्ण पौडेल र राजु खरेलको प्रतिस्पर्धा भएको छ ।
त्यसैगरी ४ उद्योग सदस्य पदमा दीपकप्रसाद चापागाईं, ज्ञानबहादुर पुन, कृष्णप्रसाद पाण्डे, नेत्रप्रसाद पाण्डे, निर्मित कसजू, सुनिता शर्मा बञ्जाडे, सुमोदमान सैंजू र सूर्य पराजुली गरी ८ जनाबीच प्रतिस्पर्धा भएको छ ।
४ वाणिज्य सदस्य पदमा गणेशप्रसाद भट्टराई, काशिराम शर्मा पौडेल, कृष्णप्रसाद श्रेष्ठ, लोकनाथ पाण्डे, रामबहादुर भण्डारी, टिकाराम बञ्जाडे, त्रिबिक्रम श्रेष्ठ र सतिष कसौधन गरी ८ जनाबीच प्रतिस्पर्धा भएको छ ।
७ खुल्ला सदस्य पदमा १४ जनाबीच प्रतिष्पर्धा भएको छ । खुल्ला सदस्य पदमा विष्णु घिमिरे पन्त, विष्णुप्रसाद पौडेल, विनय कसौधन, दीपक घिमिरे, दीप आचार्य, इञ्जल महमद मिया अञ्जिल, जगन्नाथ न्यौपाने, लक्ष्मण ज्ञवाली, नारायणप्रसाद श्रेष्ठ, नारायण रायमाझी, प्रदीप शाक्य, माधवप्रसाद भुसाल, सवर मियाँ र उमेश अमात्यबीच प्रतिस्पर्धा भएको छ ।
२ महिला सदस्य पदमा जमुना पौडेल, नमकला वेलवासे शारदा, रेनु श्रेष्ठ र सुनिता गिरी बीच प्रतिस्पर्धा भएको छ ।
प्रतिक्रिया 4