+
+

तीन दिनमा सुनको मूल्य तोलामा १६०० ले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २३ गते १२:३९

२३ असोज, काठमाडौं । मंगलबार पनि सुनको मूल्य बढेको छ । पछिल्लो एक सातादेखि निरन्तर ओरालो लागेको सुनको मूल्य शनिबार हमास बिद्रोहीले इजरायलमा आक्रमण गरेपछि खल्बलिएको अन्तर्राष्ट्रिय अर्थतन्त्रका कारण पुनः उकालो लागेको हो ।

मंगलबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ । योसँगै छापावाल सुनको प्रतितोला मूल्य एक लाख ८ हजार ९ सय र तेजावी सुनको मूल्य एक लाख ८ हजार ४ सय रुपैयाँ पुगेको छ ।

शनिबार प्यालेस्टाइन विद्रोही हमास समूहले इजरायलमा आकम्रण भएयता सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको छ । शुक्रबार एक लाख ७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार एक लाख ८ हजार ९ सय रुपैयाँ पुगेको छ ।

आइतबार तोलामा ३ सय रुपैयाँले बढेको सुनको मूल्य सोमबार तोलामा एक हजार रुपैयाँले बढेको थियो भने मंगलबार तोलामा पुनः ३ सय रुपैयाँले मूल्य बढेको छ ।

चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । यो सँगै मंगलबार चाँदीको प्रतितोला मूल्य १ हजार ३४० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको प्रतितोला मूल्य १ हजार ३४५ रुपैयाँ तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?