+
+

एमाले सुदूरपश्चिममा सहमतिकै प्रयास, निर्वाचन प्रक्रिया लम्बियो

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २४ गते ७:४६

२४ असोज, धनगढी । नेकपा एमालेले सुदूरपश्चिमको नयाँ नेतृत्व सहमतिबाट चयन गर्न प्रयास जारी राखेको छ ।

सहमतिका लागि भन्दै नेताहरूले निर्वाचन प्रकिया लम्ब्याइरहेका छन् । मंगलबार निर्वाचन प्रक्रियालाई लम्ब्याएर सहमतिका लागि पदाधिकारीको खाका तयार गरेका नेताहरू त्यसलाई आज मूर्तरुप दिने बताउँछन् ।

अध्यक्षमा अछामका कृष्णप्रसाद जैशी, उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही, सचिवमा कैलालीका रणबहादुर चन्द, उपसचिव कैलालीकै नेपालु चौधरी र कञ्चनपुरकी कलसा महरालाई बनाउने गरी खाका बनेको छ । त्यसैमा सहमति गराउने प्रयासमा नेताहरू लागेका छन् ।

अध्यक्षमा उम्मेदवारी दिएका कमल तिमिल्सिना, वचनबहादुर सिंह र भरत साउँदले अहिलेसम्म  उम्मेदवारी फिर्ता लिएका छैनन् ।

उपाध्यक्षतर्फ पनि हजारीसिंह साउँदले उम्मेदवारी फिर्ता फिए पनि कालीबहादुर शाहीसहितका पाँच जनाको उम्मेदवारी यथावत छ ।

सचिवमा उम्मेदवारी दिएका जीवन बमले फिर्ता लिएका छन् भने राजेश खाती र रतनबहादुर रेग्मीको उम्मेदवारी कायमै छ ।

उपसचिवमा पल्लभराज भट्टले उम्मेदवारी फिर्ता लिएका छन् भने अन्यको उम्मेदवारी कायमै रहेको निर्वाचन कमिटीले जनाएको छ ।

प्रमुख निर्वाचन अधिकृत पदम पालले उम्मेदवारी फिर्ता लिने समय बिहान ८ बजेसम्म कायम गरिएको जानकारी दिए ।

९ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र दिउँसो १ देखि साँझ ७ बजेसम्म मतदान गर्ने कार्यसूची तय गरिएको उनले बताए ।नेताहरूबीच सहमति जुटेको अवस्थामा भने निर्वाचन नहुने उनी बताउँछन् ।

‘मंगलबार बनाइएको खाकामा रहेर हामी नेताहरू र उम्मेदवारकाबीचमा सहमति खोज्ने प्रयासमा छौं,’ एक नेताले अनलाइनखबरसँग भने, ‘त्यो सम्भव भएन भने स्वस्थ चुनावी प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?