२४ असोज, काठमाडौं । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनमा अध्यक्षका १ र उपाध्यक्षका २ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।
अध्यक्ष पदमा उम्मेदवारी दिएका कमल तिमिल्सिनाले उम्मेदवारी फिर्ता लिएका छन् । केन्द्रीय सदस्य बनाउने समझदारीपछि उनले उम्मेदवारी फिर्ता लिएको स्रोतले बतायो ।
यसैगरी उपाध्यक्षमा उम्मेदवारी दिएका बलदेव रेग्मी र रणबहादुर महराले पनि उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ ।
अध्यक्षमा एक जनाले उम्मेदवारी फिर्ता लिए पनि अझै तीन जनाको उम्मेदवारी कायमै छ । अध्यक्षका लागि अछामकै कृष्णप्रसाद जैशीसहित वचनबहादुर सिंह र भरत साउँदको उम्मेदवारी छ ।
साउँद भने निर्वाचनमा जानुपर्ने पक्षमा छन् । उनले प्रतिनिधिलाई मतदान गर्ने अधिकार बञ्चित गर्न खोजिएको भन्दै उनले आपत्ति जनाएका छन् ।
सहमतिमा नेतृत्व चयन गर्ने प्रयास गरेपछि एमाले सुदूरपश्चिमको अधिवेशन लम्बिएको छ । सहमति गर्ने भन्दै निर्वाचन समितिले उम्मेदवारी फिर्ता लिने समय सारिराखेको छ ।
प्रतिक्रिया 4