+

दसैंको बेला त्रिकोणात्मक टी-२० आई क्रिकेट शृंखला, क्यानले सार्वजनिक गर्‍यो खेल तालिका

२०८० असोज  २४ गते १८:३४ २०८० असोज २४ गते १८:३४
दसैंको बेला त्रिकोणात्मक टी-२० आई क्रिकेट शृंखला, क्यानले सार्वजनिक गर्‍यो खेल तालिका

२४ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक टी-२० आई क्रिकेट शृंखला आयोजना गर्ने भएको छ ।

कात्तिक १ गतेदेखि सुरु हुने प्रतियोगिताको फाइनल खेल कात्तिक १० गते हुने छ ।

क्यानले आज बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार सहभागी टिमले डबल राउण्ड लिग खेल्ने छन् र शीर्ष २ टिमले फाइनल खेल्ने छन् ।

समूह चरणका खेल मुलापनीमा र फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने क्यानले जनाएको छ ।

नेपालले पहिलो खेल कात्तिक १ गते यूएईसँग खेल्ने छ । यस्तै कात्तिक २ गते नेपाल र हङकङको खेल हुने छ ।

कात्तिक ४ गते फुलपातीका दिन दिन नेपाल हङकङबीचको दोस्रो खेल हुने छ भने कात्तिक ६ गते नवमीका दिन यूएई र नेपालको खेल हुने छ । फाइनल खेल भने १० गते हुने छ ।

नेपाल भर्सेस युएई नेपाल भर्सेस हङकङ नेपाली क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय