
काठमाडौं । बर्मिङ्घम सिटीले वायन रुनीलाई नयाँ म्यानेजर नियुक्त गरेको छ । च्याम्पियनसिप क्लब बर्मिङ्घमले इङ्ल्यान्डका पूर्व कप्तान ३७ वर्षीय रुनीसँग बुधबार साढे ३ वर्षको सम्झौता गरेको छ ।
रुनीले सोमबार बर्खास्तीमा परेका जोन युस्टेसको स्थान लिनेछन् ।
बर्मिङघमका नयाँ अमेरिकन मालिक सेल्बी कम्पनीजले जुलाईमा क्लब लिएपछि क्लबमा पहिलो म्यानेजर परिवर्तन भएको हो । ‘वायन जन्मजात विजेता हुन्’ बर्मिङघमका सहमालिक तथा चियरम्यान टम वागनरले भने ।
रुनीलाई क्लब इंग्ल्याण्डकै पूर्व सहकर्मी एस्ले कोस र युनाइटेडका पूर्व सहकर्मी जो ओ शाहले सघाउने छन् ।
यस्तै डीसी युनाइटेडमा सँगै काम गरेका कार्ल रोबिनसन र पिटे सटलवर्थ पनि रुनीको ब्याकरुम स्टाफको रुपमा रहनेछन् ।
म्यानेजरको रुपमा यो रुनीको तेस्रो क्लब हो । च्याम्पियनसिप क्लब डर्बी काउन्टीबाट प्रशिक्षण करियर सुरु गरेका रुनीले अमेरिकन मेजर सकर लिग (एमएसएल) क्लब डिसी युनाइटेड हेरेका थिए । उनले आइतबार मात्रै डीसी युनाइटेड छाडेका थिए ।
प्रतिक्रिया 4