२५ असोज, काठमाडौं । भारतमा जारी एकदिवसीय विश्वकपमा अष्ट्रेलियाविरुद्धको खेलमा दक्षिण अफ्रिकाका क्वीन्टन डि ककले लगातार दोस्रो शतक बनाएका छन् ।
उनले बिहीबार भइरहेको अष्ट्रेलियासँगको खेलमा ९३ बलमा ८ चौका र ५ छक्का प्रहार गर्दै शतक पूरा गरेका हुन् ।
यसअघि श्रीलंकाविरुद्धको खेलमा पनि क्वीन्टनले शतक प्रहार गरेका थिए । उनले उक्त खेलमा ८४ बलमा १२ चौका र ३ छक्काको मद्दतमा शतक पूरा गरेका थिए ।
२०१३ मा एकदिवसीय क्रिकेटमा डेब्यु गरेका उनको यो १९ औं एकदिवसीय शतक हो ।
प्रतिक्रिया 4