
२५ असोज, काठमाडौं । काठमाडौंको बुढानीलकण्ठमा रहेको पशुपति स्प्रिङ वाटर उद्योगलाई काठमाडौं महानगरपालिकाले १ लाख जरिवाना तिराएको छ ।
उद्योगबाट उत्पादन भएको एभरेष्ट जारको पानीमा लामखुट्टेको लार्भा भेटिएपछि सो उद्योगलाई जरिवाना तिराइएको महानगरले जनाएको छ ।
महानगरका अनुसार ढुवानी गरेर बेच्न ल्याएको जारको पानीमा लामखुट्टेका लार्भा भेटिएको थियो । जरिवानासँगै महानगरले जारमा पानी भर्नु अगाडि जारलाई अनिवार्य निर्मलीकरण गर्न निर्देशन समेत दिएको छ ।
यस्तै प्रत्येक महिना पानी परीक्षण रिर्पोट ढुवानी कर्तालाई दिन समेत निर्देशन दिएको महानगरको अनुगमन निरीक्षक डा.अवधेश झाले जानकारी दिए ।
काठमाडौं महानगरपालिकाले गत २३ असोजमा त्रिवेणी वेभरेज इण्डस्ट्रिजलाई पनि १ लाख जरिवाना तिराएको थियो । अनुगमनको क्रममा सो उद्योगले उत्पादन गर्ने जारको पानीमा पनि लामखुट्टेको लार्भा भेटिएको थियो ।
प्रतिक्रिया 4