+
+

मुख्यमन्त्रीमा दाबीपछि केदार कार्की : सांसदहरुको स्वतन्त्रताको उपयोग गरेँ

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २५ गते १८:१७

२५ असोज, विराटनगर । कोशीको मुख्यमन्त्रीमा दाबी पेश गरेका नेपाली कांग्रेसका नेता केदार कार्कीले आफूले संविधानको धारा १६८ (५) को उपयोग गरेको दाबी गरेका छन् ।

प्रदेश सरकार गठनको विषयलाई लिएर कोशीमा कुनै पनि दलले आधिकारिक निर्णय नगरेकाले आफ्नो निर्णय गर्न प्रदेशसभा सदस्यहरु स्वतन्त्र रहेको र आफूले त्यसको उपयोग गरेको उनको जिकिर छ ।

‘(सरकार गठनको विषयमा) निर्णय त यहाँको संसदीय दलमा गर्नुपथ्र्यो, निर्णय यहाँ प्रदेशले गर्नुपथ्र्यो, केन्द्रले त केन्द्रको कुरा गर्ने हो । हाम्रो दलमा पनि निर्णय भएको छैन, कतै पनि केही भएको छैन’, कार्कीले भने, ‘सबै इन्डिभिजुअल सांसदलाई छोडिदिएको छ, हामीले त्यसको उपयोग गरेका हौं ।’

कार्कीले बिहीबार नेपाली कांग्रेसका ८ जना र एमालेको ३९ जना सांसदको समर्थनमा प्रदेश प्रमुख समक्ष मुख्यमन्त्री पदको दाबी पेश गरेका छन् ।

कार्कीले आफ्नो दाबी नै संविधान र सर्वोच्च अदालतको फैसला अनुसार आधिकारिक रहेको जिकिर गरे ।

‘संविधानको धारा १६८ (५) र सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्दाखेरि जुन परमादेश जारी गर्‍यो, त्यो परमादेश जारी गर्दाको नजीरले के भन्छ भने उपधारा ५ चाहिँ इन्डिभिजुअल सांसदको समर्थनमा सरकार गठन गर्न सकिन्छ, सरकारलाई विश्वास दिन सकिन्छ, त्यसमा कुनै पार्टीको ह्वीप लाग्नेभन्दा पनि सांसदको हिसाबले काम गर्छ ।’

कोशीमा सरकार बन्ने तर विश्वासको मत नपाउने, सर्वोच्चले पटक पटक खारेज गर्ने अवस्था देखिएको भन्दै कार्कीले यसलाई अन्त्य गर्नुपर्ने बताए ।

‘पटक पटक विश्वास प्राप्त नगर्ने सरकारले पटक पटक अदालतले त्यसलाई खारेज गर्ने कुराको अन्त्य गरेर प्रदेशलाई स्थायी सरकार दिनका लागि बहुमत सांसदको विश्वासको मत दिने आधार खडा गरेर हामीले यसलाई लिएर गएका छौं’, कार्कीले आफ्नो दाबीबारे भने ।

संविधानको धारा १६८ (५) मा सांसदहरुलाई दलको ह्वीप नलाग्ने र यो उपधारा अनुसार कसैलाई समर्थन गरेका कारण कारबाही पनि भोग्नुनपर्ने कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?