
२६ असोज, काठमाडौं । राष्ट्रिय सभा नियमावली संशोधन गर्न मस्यौदा समिति गठन भएको छ ।
शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले राष्ट्रिय सभा नियमावली २०७५ संशोधन गर्नका लागि १२ सदस्यीय मस्यौदा समिति गठन गरेको हो ।
सांसदहरु अनिता देवकोटा, खिमलाल देवकोटा, जितेन्द्रनारायण देव, तुलप्रसाद विश्वकर्मा र दिलकुमारी रावल थापा, भैरवसुन्दर श्रेष्ठ, मदनकुमारी शाह गरिमा, महेशकुमार महरा र मोहम्मद खालिद, विमला राई पौड्याल, शेखरकुमार सिंह र सुरेशकुमार आले मगर मस्यौदा समितिमा रहेका सदस्यका रुपमा रहेका छन् ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशतिमिल्सनाका अनुसार समितिले राष्ट्रिय सभा नियमावली २०७५ मा रहेका सभा तथा समिति सञ्चालनका सन्दर्भमा देखापरेको कठिनाइहरु पहिचान गरी नियमावलीमा संशोधन मस्यौदा तयार गरी सभामा पेश गर्नेछ ।
समितिले सदस्यहरु मध्येबाट सभापति आफैँ चयन गर्नेछ । मस्यौदा समितिलाई पुस १४ गते सम्मको समय दिइएको छ ।
प्रतिक्रिया 4