+

स्काई रेस पिके पिक कात्तिक पहिलो साता फाप्लुमा हुने

२०८० असोज  २६ गते २०:४४ २०८० असोज २६ गते २०:४४
स्काई रेस पिके पिक कात्तिक पहिलो साता फाप्लुमा हुने

२६ असोज, काठमाडौं । सोलुखुम्बुको फाप्लामा स्काई रेस पिके पिक ट्रेल रनिङ प्रतियोगिता हुने भएको छ ।

कोलम्बिया स्पोर्टस वेयर नेपालको सहयोगमा नेपाल ट्रेल सिरिजको आयोजनामा पहिलो पटक हुन लागेको स्काई रेस पिके पिक कात्तिक १ देखि ४ गतेसम्म हुनेछ ।

भविष्यमा नेपालमा अन्तर्राष्ट्रिय स्तरको स्काई रेस प्रतियोगिता गर्नुको साथै खेलकुद पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले यस रेस गर्न लागिएको रेस व्यवस्थापक प्रिति खत्रीले जानकारी दिइन् ।

रेसमा ५० किमीको स्काई अल्ट्रा, ३० किमीको ट्रेल रेस र ५ किमीको फन रन हुनेछ । रेस फाप्लुबाट सुरु हुनेछ ।

यस रेस प्रतियोगितामा करिब ६० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकहरु सहभागी हुनेछन् ।

जसमा १० देशका २० अन्तर्राष्ट्रिय धावक समेत सहभागि हुने खत्रीले बताइन् । भियतनाम, अमेरिका, नेदरल्याण्ड्स, युक्रेन लागयतका धावकको सहभागिता हुनेछ ।

अल्ट्रा ट्रेल रेस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय