+
+

कपन क्षेत्रमा विकास प्राधिकरणले खोला उत्खनन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २६ गते २१:२१

२६ असोज, काठमाडौं । गोकर्णेश्वरको यज्ञडोल क्षेत्रबाट बगेर आउने यज्ञमती र चखुँचा खोलाको आरम्भ चोकमाथिको बहाव क्षेत्र छुट्याउने काम काठमाडौं उपत्यका विकास प्राधिकरणले गर्ने भएको छ ।

चावहिल, कपन क्षेत्रको रुद्रमती (धोबीखोला) बाट आरम्भचोकसम्म खोला उत्खनन काठमाडौं महानगरपालिकाले गरेको थियो । खोला छुट्याउने कामसँगै आरम्भचोकसम्म जग्गाको नापजाँच गरिएको छ ।

त्यसमाथिका भागमा खोलेर आरसिसी ढलान गर्ने काम प्राधिकरणले अघि बढाएको छ । यसका लागि प्राधिकरणले रु २३ करोडको ठेक्का गरेको हो । ड्रागन आरबि कम्पनीले ठेक्का पाएर काम अघि बढाउन लागेको महानगरपालिका वडा नं. ६ का अध्यक्ष भुवन लामाले जानकारी दिए ।

काठमाडौं उपत्यकामा बस्ती बढेसँगै विसं २०६० पछि यस क्षेत्रका दुवै नदी पुरेर सडक बनाई घर बनाउन थालिएको थियो । यसरी खोलालाई ढल बनाउँदा वर्षायाममा कपन र चाहिलको सरस्वतीनगर क्षेत्र डुबानमा पर्न थालेपछि महानगरपालिकाले खोला खोल्न थालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?