+
+

काभा भलिबल च्यालेन्ज कप : उज्वेकिस्तानसँग हारेपछि नेपाल फाइनल पुग्न असफल

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २७ गते २०:५५

२७ असोज, काठमाडौं । श्रीलंकामा जारी काभा पुरुष भलिबल च्यालेन्ज कप अन्तर्गत शनिबार भएको लिगको अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग सोझो सेटमा पराजित हुँदै फाइनल पुग्न असफल भएको छ ।

नेपालले फाइनल पुग्नका लागि उज्वेकिस्तान विरुद्धको खेल सोझो सेटमा जित्नुपर्ने थियो । तर उज्वेकिस्तानलाई कडा टक्कर दिएपनि नेपालले एक सेट पनि जित्न सकेन ।

तीनवटै सेट प्रतिस्पर्धात्मक बनेपनि उज्वेकिस्तानले आफ्नो पक्षमा पार्दै खेल जित्यो । पहिलो सेट उज्वेकिस्तानले २५-२२ ले जित्दै अग्रता लियो । दोस्रो सेट २५-२० ले आफ्नो पक्षमा पार्दै उज्वेकिस्ताजले २-० को अग्तरा बनायो । तेस्रो सेटमा नेपालले २४-२४ को बराबरी बनाएको थियो । तर उज्वेकिस्तानले लगातार दुई अंक जोड्दै टाइब्रेकरमा सेट जित्दै खेल जित्यो ।

नेपालले यसअघि बंगलादेश र अफगानिस्तानलाई हराएको थियो भने श्रीलंका र साउदी अरेबियासँग पराजित भएको थियो । ६ टोली सम्मिलित प्रतियोगितामा लिग चरणको खेलपछि शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछ ।

नेपाललाई हराएपछि उज्वेकिस्तान शीर्ष दुईमा रहेर फाइनल पुगेको छ । आयोजक श्रीलंका यसअघि नै फाइनल पुगिसकेको थियो । लिग चरणमा श्रीलंका र उज्वेकिस्तानले समान ४ खेल जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?