+

हाइ पर्फमेन्स क्याम्प सकेर नेपाल फर्किँदै नेपाली टोली

२०८० असोज  २९ गते १६:०० २०८० असोज २९ गते १६:००
हाइ पर्फमेन्स क्याम्प सकेर नेपाल फर्किँदै नेपाली टोली

२९ असोज, काठमाडौं । भारतको नागपुरमा हाइ पर्फमेन्स क्याम्प सकेर नेपाली राष्ट्रिय क्रिकेट टिम आज सोमबार स्वदेश फर्कने भएको छ ।

टी–२० विश्वकप एसिया क्षेत्र छनोटको तयारीमा रहेको नेपाली टोलीले भारतको नागपुरमा राजस्थान रोयल्सको एकेडेमीमा क्याम्प राखेको थियो ।

नेपालको टिम दिल्ली एयरपोर्ट हुँदै नेपाल आइपुग्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

नेपाली टोलीले कात्तिक १ गतेबाट हङकङ र यूएईसँग त्रिकोणात्मक सिरिज खेल्नेछ ।

कात्तिक १३ गतेबाट हुने एसियन क्षेत्र छनोट अघि नेपालले तयारी स्वरुप त्रिकोणात्मक सिरिज खेल्न लागेको हो ।

त्रिकोणात्क टी-२० श्रृंखला
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय