+
+

मदन पुरस्कार विजेता चित्तरञ्जन नेपालीको निधन

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ३० गते ८:४०

३० असोज, काठमाडौं । मदन पुरस्कार विजेता चित्तरञ्जन नेपालीको निधन भएको छ ।

उनको सोमबार काठमाडौंको ओम अस्पतालमा ९२ वर्षको उमेरमा निधन भएको हो । उनी श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित थिए ।

वि.सं. १९८८ साउन १० गते शनिवारका दिन बाबु मेदिनीप्रसाद राजभण्डारी र आमा कालीनानीका सुपुत्रका रूपमा न्हैकन्तला टोल, काठमाडौंमा जन्मिएका उनलाई सामाजिक शास्त्र (विधा) विषयमा ‘जनरल भीमसेन थापा’ र ‘तत्कालीन नेपाल’ नामक ग्रन्थका लागि ‘मदन पुरस्कार २०१३’ बाट सम्मानित गरिएको थियो ।

चित्तरञ्जन नेपालीको खास नाम भने नारायणप्रसाद राजभण्डारी हो । राणा विरोधी आन्दोलनका लागि आफ्नो खास नाम त्यागेर उनले चित्तरञ्जन नेपाली राखेका थिए ।

इतिहासकारका रुपमा पनि चिनिने चित्तरञ्जनका ‘जंगबहादुरको कथा’, ‘केही कृति : केही अभिव्यक्ति’, ‘पारिवारिक षडयन्त्रका कथाहरु’ लगायत पुस्तक पनि प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?