+
+

देशलाई समृद्ध बनाउने अभियानले आज वैधानिकता पायो : उपेन्द्र महतो

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ३० गते १०:२४

३० असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले गैरआवासीय नागरिकता प्राप्त भएसँगै देशलाई समृद्ध बनाउने अभियानले वैधानिकता पाएको बताएका छन् ।

गैरआवासीय नागरिकता कागजको टुक्रा मात्र नभई मुटुको अंश बनेको भन्दै उनले भने, ‘प्रत्येक धड्कनमा गैरआवासीय नेपालीहरु नेपाल आमालाई कसरी समृद्ध बनाउन सकिन्छ, कसरी खुसी बनाउन सकिन्छ, कसरी शान्त बनाउन सकिन्छ भन्ने अभियानमा लागिरहने संकल्प गर्दछौं ।’

गैरआवासीय नेपालीहरु जुन देशमा बसे पनि हामी नेपाली नै हौं भन्ने भावबाट ओतप्रोत भएर आफ्नो देशलाई समृद्ध बनाउने अभियानमा लागेको भन्दै उनले त्यसले आज वैधानिकता पाएको भन्दै खुसी व्यक्त गरे ।

एनआरएनहरुलाई नागरिकता उपलब्ध गराउनका लागि पहल गरेको भन्दै प्रधानमन्त्री प्रचण्ड, नेपाल सरकार र प्रतिनिधि सभा सदस्यहरुप्रति आभार प्रकट गरेका उनले सबै गैरआवासीय नेपालीहरुले सहज ढंगले नेपाली नागरिकता पाउने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?