+

रवि शास्त्रीले शाहिन शाह र वासिमबारे जे भने त्यो सही छ ?

२०८० असोज  ३० गते १२:१७ २०८० असोज ३० गते १२:१७
रवि शास्त्रीले शाहिन शाह र वासिमबारे जे भने त्यो सही छ ?

३० असोज, काठमाडौं । के पाकिस्तानी तिव्र गतिका बलर शाहिन शाह अफ्रिदी त्यत्ति नै असरदार र खतरनाक छन्, जति वासिम अकरम थिए ?

पाकिस्तानी समर्थक र केही क्रिकेट जानकारले अफ्रिदीको धेरै नै तारिफ गरे पनि उनको तुलना अकरमसँग हुन सक्दैन भनेका छन् भारतीय पूर्व प्रशिक्षक तथा पूर्व कप्तान रवि शास्त्रीले ।

गत शनिबार अहमदाबादमा पाकिस्तानविरुद्ध भारतले ब्याटिङ गरिरहेको बेला शास्त्रीले कमन्ट्री गरिरहेका आफ्ना साथीलाई शाहिन शाह अफ्रिदीको धेरै तारिफ नगर्न सुझाव दिए ।

‘शाहिन शाह अफ्रिदीसँग धेरै डराउन पर्दैन, शाहिन वासिम अकरम होइनन्, उनी एउटा राम्रो बलर हुन्, तर उनको यति धेरै बढाइ चढाइ गर्नु पर्ने आवश्यकता छैन’, शास्त्रीले भने ।

शास्त्री यत्तिमै रोकिएनन्, ‘उनी एक ठिक ठाक बलर हुन्, उनका बारेमा यत्ति भने हुन्छ, जबर्जस्ती उनी एक अविश्वसनीय बलर हुन् भन्नु आवश्यकता छैन ।’

खासमा पाकिस्तानी समर्थक लामो समयदेखि शाहिन शाहको प्रसंशा गर्दै आएका छन् । उनीहरुलाई लाग्छ कि उनले विराट कोहली र रोहित शर्मालाई सहजै आएउ गर्छन् । एकध पटक त्यस्तो भएको पनि छ । तर कोहोली र रोहितले मात्र होइन, अरु भारतीय ब्याट्सम्यानले पनि शहिन शाहको बलिङ्लाई चुट्नसम्म चुटेका छन् ।

जारी विश्वकपमा अफ्रिदीको प्रदर्शन

विश्वकप सुरु हुनुअघि नै पाकिस्तानी बलिङको खम्बा मानिएका थिए शहिन शाह । तर पाकिस्तानी पेसरले अहिलेसम्म खेलेका ३ खेलमा खासै त्यस्तो उल्लेखनीय प्रदर्शन गरेका छैनन् जसबाट लागोस् कि उनीहरुकै मद्दतमा पाकिस्तानले विश्वकप जित्न सक्छ ।

नेदरल्याण्ड्स जस्तो कम अनुभवी टिमका ब्याट्सम्यानले पनि पाकिस्तानविरुद्ध अर्ध शतक पूरा गरेका छन् ।

श्रीलंकाले पनि ५० ओभर पूरै ब्याटिङ गरेर पाकिस्तानविरुद्ध ३४४ रन बनाएको छ ।

पाकिस्तानको ब्याटिङ्गको कुरा गर्ने हो भने भारतसँग उनीहरु १९१ रनमै अल आउट भए । भारतविरुद्ध पाकिस्तानी बलरले खासै केही गर्न सकेनन् । भारतले १९ ओभर बाँकी छँदा नै १९२ रनको लक्ष्य पूरा गर्‍यो ।

पाकिस्तानले आफ्ना बलरहरु शाहिन शाह अफ्रिदी, हसन अली र हरिस रउफबाट धेरै नै आशा गरेको थियो ।

जारी विश्वकपका ३ खेलमा अफ्रिदीले लगभग ३५ को औसतमा जम्मा ४ विकेट मात्र लिएका छन् । उनले प्रति ओभर ६.३१ रन दिएका छन् । यो तथ्यांकले उनलाई महान् होइन एउटा सामान्य बलर बताउँछ ।

नेदरल्याण्ड्स विरुद्ध उनले ३७ रन दिएर १ विकेट लिए । श्रीलंका विरुद्ध १ विकेट लिन उनले ६६ रन खर्चे भने भारतविरुद्ध ३६ रन दिएर २ विकेट हात पारे ।

के पिच कारण हो ?

केही कमेन्टेटरले कालो माटोको पीचलाई दोषि ठहर्‍याएका छन् । जहाँ बल केही रोकिएर आएको थियो । तर यो कारणमा कुनै दम नभएको भन्नेहरु पनि छन् । किनकी यही पिचमा जसप्रित बुमराहले सानदार बलिङ गरे ७ ओभरमा मात्र १९ रन दिए । जबकी अफ्रिदीले ६ ओभरमै ३६ रन ।

भारतीय पूर्व क्रिकेटर गौतम गम्भीर बुमराह र अफ्रिदीको तुलना गर्दै बुमराह भारतीय टिम र कप्तानका लागि महत्वपूर्ण खेलाडी रहेको बताउँछन् ।

‘बुमराह दिउँसो २ बजेको चर्को घाममा बलिङ गर्दै थिए, जबकी शाहिनले साँझको समयमा बलिङ गर्ने मौका पाए, त्यो समयमा स्वीङका लागि अनुकुल हो । तर पनि बुमराहको बलिङमा धार देखिएको थियो ।’

अहमदाबादको पीचको दोषलाई यसै पनि सही मान्न सकिन्न किनकी पाकिस्तानले सुरुका २ खेल हैदराबादमा खेलेको थियो । त्यहाँ पनि शाहिनले केही गर्न सकेका थिएनन् । हैदराबादमा अभ्यासका लागि पाकिस्तानले लामो समय पनि बिताएको थियो । अष्ट्रेलियासँग खेलेको अभ्यास खेलमा शाहिनले विकेट लिन सकेनन् ।

वासिम अक्रम विश्वकप क्रिकेट शाहिन अफ्रिदी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय