
फाइल तस्वीर
३० असोज, काठमाडौं । नेपालको सबैभन्दा ठूलो तथा पुरानो अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा सोमबार कीर्तिमान कायम भएको छ ।
यो विमानस्थलबाट सोमबार एकै दिनमा अन्तर्राष्ट्रियतर्फ कुल ११४ उडान/अवतरण भएका छन् । यो एक दिनमा भएको अहिलेसम्मकै धेरै उडान/अवतरण रहेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।
एक दिनमा यो विमानस्थलले १६ हजार ५०९ जना यात्रु व्यवस्थापन गरेको छ । अहिले नेपालमा चाडबाडको सिजन चलेको छ । साथमा पर्यटकीय मौसम समेत सुरु भएको छ ।
सोही कारण वायुसेवा कम्पनीहरुले उच्च चापमा उडान गरिरहेका छन् । आन्तरिकतर्फ समेत वायुसेवा कम्पनीहरुले अहिले एकतर्फी झण्डै शतप्रतिशत अक्कुपेन्सीमा उडान गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4