+
+

राष्ट्रिय सभागृहमा ‘आइडिया एण्ड इनोभेसन’ सोच प्रदर्शनी

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ३० गते १४:२३

३० असोज, काठमाडौं। काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगले ‘काठमाडौं मेट्रो आइडिया एन्ड इनोभेसन’ को सोच प्रदर्शनी सूरु भएको छ ।

महानगरपालिकाको आइडिया बैंकको पहिलो चरणबाट विजेता बनेका शीर्ष ५० टोलीले सोच प्रदर्शन गरिरहेका छन् । आवेदक ७८६ जनाबाट १०१ आइडिया पहिलो चरणमा छनोट भएका थिए ।

दोस्रो चरणमा ती आइडियामध्ये ५० वटा छनोट भएर विजेता घोषित भएका थिए। यसरी छानिएका आइडियाहरु आज प्रदर्शन भइरहेको महानगरपालिको जनाएको छ ।

प्रदर्शन पछि सोचलाई लगानीका लागि थप परिपक्व बनाउन तालिम दिइनेछ । सोच प्रदर्शन पछि सहरी योजना आयोगकी सहायक विज्ञ अग्मा मालाकारका अनुसार अन्तिम चरणमा टेलिभिजन शो गरिनेछ ।

सोच र लगानीकर्ताका बिच तत्काल सम्पर्क (फास्ट ट्रयकमा गराउँछ । यसमा सहभागीलाई हरेक विशेषज्ञसँग अन्तरक्रियात्मक कुराकानी गराइन्छ । यसरी अन्तरक्रिया गराउनु ‘स्पीड डेटिङ्’ विधि हो । यो ज्ञान बाँडफाँड र साझेदारी गठनका लागि प्रभावकारी र गतिशील मानिन्छ ।

के के हो आइडिया बैंक ?

महानगरपालिकाले सुरु गरेको आइडिया बैङ्क नविनतम सोचलाई लगानीसँग जोड्ने ठाउँ रहेको योजना आयोगले जनाएको छ । नवप्रर्वतक, उद्यमी व्यवसायीको सिप तथा ज्ञान अभिबृद्धि गर्दै लगानीकर्तासँग जोडिन्छ ।

नविनतम सोचलाई उद्यमशील क्षेत्रका रुपमा विकास गर्न विकास कार्यमा सहयोग गर्ने, विकसित सोचलाई लगानीकर्तासँग जोडेर वेरोगजारीसँग सम्बन्धित समस्या कम गराउने यसको लक्ष्य रहेको मालकारले जानकारी दिइन् ।

महानगरपालिकाले २०८० जेठ २ गते पहिलो पटक सूचना प्रकाशित गरेर आवेदन आह्वान गरिएको थियो । जसमा ७८६ जनाले आवेदन दिएका थिए । दोस्रो चरणका लागि अन्तिम ५० समूह छनौट गरिएको थियो ।

यस चरणमा प्रतिस्पर्धाका लागि समुदाय र वातावरण विधामा ३२, प्रशासनिक प्रभावकारितामा ७ वटा, सामुदायिक सेवामा २३ वटा, आर्थिक सामाजिक क्षेत्रमा १९ वटा र सहरी पूर्वाधारमा २० वटा गरी १०१ सोच छानिएका थिए । जसमा ७८ वटा समूह र २३ जना व्यक्ति थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?