
३० असोज, काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो दुई महिना (साउन–भदौ) मा चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा पुगेको देखिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पहिलो दुई महिना (भदौसम्म) चालु खाता २३ अर्ब ५० करोडले बचतमा रहेको छ । अघिल्लो आवको यसै अवधिमा चालु खाता ३६ अर्ब ८४ करोडले घाटामा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २८ करोड ९० लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १७ करोड ७७ लाखले बचतमा पुगेको देखिएको छ ।
शोधनान्तर स्थिति समेत ५३ अर्ब ६१ करोडले बचतमा पुगेको छ । अघिल्लो वर्षको भदौमा शोधनान्तर २० अर्ब ८१ करोड रुपैयाँले घाटामा थियो ।
अमेरिकी डलरमा अघिल्लो आवको सोही अवधिमा १६ करोड ३४ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ४० करोड ५६ लाखले बचतमा रहेको समेत नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया 4