+
+

गोरखामा ४९ जना प्रहरी कर्मचारी पुरस्कृत

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ३० गते १७:०४

३० असोज, गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले उत्कृष्ट कार्यसम्पादन गर्ने ४९ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको छ । ६८ औ प्रहरी दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनीहरुलाई पुरस्कृत गरिएको हो ।

पुरस्कृत हुनेमा प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठ, प्रहरी निरीक्षक सुरेन्द्र तामाङ, रवीन्द्र अधिकारी, प्रहरी वरिष्ठ नायव निरीक्षक उत्तमप्रसाद पौडेल, प्रहरी नायव निरीक्षक ओपेन्द्रकुमार शाही, प्रहरी सहायक निरीक्षक बिदुर खत्री, पविता थापा, मन्दिप पौडेल र बसन्त पौडेल रहेका छन् ।

त्यस्तै प्रहरी हवल्दारहरु रविन गुरुङ, टेकबहादुर भण्डारी, सोनी बिक, धनबहादुर थापा, टोपबहादुर पचभैया, ध्रुव थापा र कमानसिंह गुरुङ पनि पुरस्कृत भएका छन् ।

प्रहरी सहायक हवल्दार सूर्यबहादुर दुरा, मधुसुदन विष्ट, जीवन दरै, सुनिल पोखरेल, सुनिला थापा, यमनारायण महतो, हिरालाल चौधरी, नेत्रलाल थनेत र नारायण न्यौपानेलाई पनि पुरस्कृत गरिएको कार्यालयले जनाएको छ ।

प्रहरी जवानहरु घनश्याम ज्ञवाली, नारायण देवकोटा, मिलन राना, कृष्णकुमार ऐर, राजेन्द्र भण्डारी, सुजन थापा, डम्वर पुन मगर, हस्तबहादुर सुनार, तमबहादुर बिक, राम धामी, भुवन लामिछाने, सुमन थापा, बुलबहादुर थापा, कृष्णबहादुर थापा, केशव श्रेष्ठ, दिनेश भण्डारी, कल्पना राना, सुरक्षा परियार, सोनिसा गिरी र नविन थारु पनि पुरस्कृत भएका छन् ।

पुरस्कृत हुने प्रहरी कार्यालय सहयोगीमा घबहादुर आले, रिजय ठाकुर, रामबहादुर आले र सनम तामाङ रहेका छन् ।

दिवसकै अवसर पारेर जिल्ला प्रहरी कार्यालयले अमर प्रहरी परिवारलाई सम्मान गरेको छ । सम्मानित हुनेमा गोरखा नगरपालिका–३ कि निर्मला परियार, वडा नम्बर ५ का कृष्ण कुँवर, वडा नम्बर ६ कि जसमाया गुरुङ, जंगकुमारी श्रेष्ठ र वडा नम्बर ८ कि भुलमाया गुरुङ रहेका छन् ।

त्यस्तै सिरानचोक गाउँपालिका वडा नम्बर ५ कि प्रमिला घिमिरे, वडा नम्बर ६ का ज्ञानेन्द्र सुवेदी, बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ८ कि सरिता पुडासैनी र शहीद लखन गाउँपालिका वडा नम्बर ८ कि कमला नेपालीलाई पनि सम्मान गरिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार उनीहरुलाई दोसल्ला ओडाएर कदर पत्रले सम्मान गरिएको हो ।

दिवसको सन्दर्भमा प्रहरी कर्मचारीबीच सञ्चालित विभिन्न प्रतियोगिताका बिजेताहरुलाई पनि कार्यक्रमको अवसर पारेर पुरस्कार वितरण गरिएको छ । टेवल टेनिसतर्फ पहिलो भएको प्रहरी जवान ज्ञानबहादुर लामिछाने र रजिन दरैको जोडी र दोस्रो स्थान हासिल गरेको प्रहरी हवल्दार रविन गुरुङ र सहायक हवल्दार छबिलाल पाण्डेको जोडीलाई पुरस्कार वितरण गरिएको हो ।

त्यस्तै ब्याडमेन्टन प्रतियोगितातर्फ पहिलो बनेको प्रहरी हवल्दार कमानसिंह गुरुङ र प्रहरी जवान प्रेम थापाको जोडी र दोस्रो बनेको प्रहरी सहायक हवल्दार खीलबहादुर गुरुङ र प्रहरी जवान घनश्याम ज्ञवालीको जोडीलाई पनि पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा १३ असोजमा सम्पन्न जिल्ला स्तरीय निबन्ध लेखन प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार वितरण गरिएको छ । प्रतियोगितामा रामेश्वरी माविकी कुञ्जला भट्ट पहिलो, शक्ति माविकी खुश्बुकुमारी जयसवाल दोस्रो, रत्नराज्य माविकी बबिता कुमारी तेस्रो भएका थिए । उनीहरुले क्रमश दश हजार, सात हजार र पाँच हजार नगद पुरस्कार पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?