+

लाओसविरुद्धको दोस्रो खेलमा नेपालको मिडफिल्डमा ३ परिवर्तन

२०८० असोज  ३० गते १७:३३ २०८० असोज ३० गते १७:३३
लाओसविरुद्धको दोस्रो खेलमा नेपालको मिडफिल्डमा ३ परिवर्तन

३० असोज, काठमाडौं । फिफा विश्वकप २०२६ को प्रारम्भिक चरण छनोट अन्तर्गत नेपालले लाओस विरुद्ध दोस्रो लेगको खेल मंगलबार खेल्दैछ ।

लाओसको घरेलु मैदानमा हुने उक्त खेलका लागि नेपालको पहिलो रोजाइका खेलाडीहरुको नाम सार्वजनिक भएको छ ।

जसमा पहिलो लेगमा खेलेको टोलीमा तीन परिवर्तन गरिएको छ । मिडफिल्डरहरु एरिक विष्ट, उत्सव राई र दिनेश हेन्जन दोस्रो लेगमा पहिलो रोजाइमा खेल्दैछन् । तीनै खेलाडीले पहिलो लेगमा वैकल्पिक खेलाडीको रुपमा खेलेका थिए ।

गोलकिपर किरणकुमार लिम्बुको कप्तानीमा रहेको टोलीमा रोहित चन्द, अनन्त तामाङ र सनिश श्रेष्ठ डिफेण्डरको रुपमा छन् ।

यस्तै मिडफिल्डमा लकेन लिम्बुले निरन्तरता पाएका छन् । अञ्जन विष्ट, मनिष डाँगी र जिलेस्पीजंग कार्की फरवार्डको रुपमा छन् ।

गत बिहीबार काठमाडौंमा भएको पहिलो लेगको खेल १-१ को बराबरीमा सकिएको थियो । छनोटको दोस्रो चरणमा पुग्नका लागि नेपाललाई आजको खेल जित्नैपर्नेछ ।

नेपाल लाओस फुटबल फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय