+
+

कर्णालीका प्रहरी प्रमुख ढकाललाई उत्कृष्ट सिर्जनशील पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ३० गते १७:४६

३० कात्तिक, सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकाललाई उत्कृष्ट सृजनशील कार्य पुरस्कार प्रदान गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले गरेको अनुगमन तथा मूल्याङ्कनबाट सातवटै प्रदेश प्रहरी कार्यालयमध्ये उत्कृष्ट सिर्जनशील कार्य पुरस्कार प्रदान गरिएको हो ।

डीआईजी ढकाललाई मंगलबार ६८ औँ प्रहरी स्थापना दिवसको अवसरमा कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले पुरस्कार प्रदान गरे ।

कर्णाली प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेयता ढकालले ‘सुरक्षित कर्णाली विशेष अभियान–२०८०’ मार्फत घरघरमा ‘स्टिकर टाँस’ अभियान सञ्चालन गरेका थिए । उक्त अभियान अन्तर्गत प्रदेशका सबै ३ लाख ६६ हजार हजार घरधुरीमा स्टिकर टाँस गरिएको प्रदेश प्रहरीको दावी छ ।

यसका साथै डीआईजी ढकालले प्रदेशका कारागा तथा हिरासतहरुमा किताब अभियान र लागुऔषध विरूद्ध लालटिन अभियान जस्ता कार्याक्रम सञ्चालन गरेका छन् ।

त्यस्तै प्रहरी प्रधान कार्यालयले आन्तरिक स्रोत व्यवस्थापन गरी उत्कृष्ट भूमिका निर्वाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष रोकालाई सम्मान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?