+

लाओसविरुद्ध नेपाललाई अग्रता

२०८० असोज  ३० गते १९:०० २०८० असोज ३० गते १९:००
लाओसविरुद्ध नेपाललाई अग्रता

३० असोज, काठमाडौं । फिफा विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो लेगमा नेपालले लाओसविरुद्ध अग्रता लिएको छ ।

लाओसको न्यु लाओस इन्टरनेशनल स्टेडियममा भइरहेको खेलको ५३ औं मिनेटमा मनिष डाँगीले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।

डाँगीले अञ्जन विष्टको पासमा उत्कृष्ट गोल गरे ।

यसअघि पहिलो हाफमा दुवै टोलीबाट केही गोलका अवसर सिर्जना भए पनि फिनिसिङ हुन सकेको थिएन ।

नेपालका उत्सव राईले अन्जन विष्टको क्रसमा पेनाल्टी बक्सबाट गरेको हेडर क्रस बारमाथिबाट बाहिरिएको थियो । यस्तै लाओसका मिकाइल भाङको प्रहार नेपालका गोलकिपर किरणकुमार लिम्बुले बचाएका थिए भने चोनी वेनपासेरथले पेनाल्टी बक्सबाट गरेको प्रहार पोष्ट नजिकबाट बाहिरिएको थियो ।

नेपाल र लाओसबीच बिहीबार काठमाडौंमा भएको पहिलो लेगको खेल १-१ को बराबरीमा सकिएको थियो । त्यसैले नेपालले यो अग्रता जोगाउन सके २-१ को नतिजामा विजयी हुँदै दोस्रो चरणमा पुग्नेछ ।

मनिषले लाओस विरुद्ध गरेको यो दोस्रो गोल हो । गत चैतमा भएको थ्री नेसन्स कपको फाइनलमा पनि लाओस विरुद्ध गोल गरेका थिए । तर त्यो खेल फिफा विन्डो भन्दा बाहिरको भएकोले आधिकारिक मान्यता भने पाएको थिएन ।

मनिष डाँगी विश्वकप फुटबल छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय