+
+

कोशीका मुख्यमन्त्री कार्कीलाई कांग्रेसले पनि विश्वासको मत दिने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १ गते ९:०३

१ कात्तिक, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई नेपाली कांग्रेसले विश्वासको मत दिने निर्णय गरेको छ ।

पार्टीबाट निर्वाचित सांसदले पनि विश्वासको मत दिने निर्णय भएको नेपाली कांग्रेस कोशीका महामन्त्री तथा प्रदेश सांसद भूपेन्द्र राईले जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले आज (बुधबार) विश्वासको मत लिंदै छन् । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकबाट मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् ।

मंगलबार (हिजो) बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले बुधबारको कार्यसूचीमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यसूची तय गरेको छ ।

संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नेपाली कांग्रेसको शेखर कोइराला समूहका कार्की नेकपा एमालेका प्रदेश सभा सदस्यहरुको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?