+
+

भारतले नेपाललाई तोक्यो ९५ हजार मेट्रिकटन चामल निर्यातको कोटा

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १ गते १७:२५

१ कात्तिक, काठमाडौं । भारतले नेपाललाई ९५ हजार मेट्रिकटन चामल निर्यातको अनुमति दिएको छ ।

भारतको वाणिज्य विभागले बुधबार एक सूचना जारी गरेर यस्तो जानकारी दिएको हो । भारतले राष्ट्रिय सहकारी निर्यात लिमिटेड मात्रै यस्तो चामल निर्यात हुन सूचनामा उल्लेख छ ।

भारतले खाद्यान्नको बढ्दो मूल्यलाई इंगित गर्दै गत साउनमा बासमतीबाहेकका चामल निर्यातमा रोक लगाएको थियो ।

भारतको उक्त नीति लगत्तै नेपाली बजारमा चामलको मूल्य बढेको थियो । उच्च मूल्यसँगै आपूर्ति श्रृङ्‍खला बिग्रने डरले उद्योग, वाणिज्य तथा आपूर्त मन्त्रालयले भारतलाई चामल निर्यात सहज बनाउन माग गर्दै पत्राचार पनि गरेको थियो ।

तर, सो आग्रहमा कुनै सुनुवाइ नगरेको भारतलाई मन्त्रालयले पुनः एक लाख मेट्रिकटन चामल उपलब्ध गराइदिन माग गरेको थियो ।

तर, नेपाली बजारमा नयाँ धानबाट चामल उत्पादन सुरु हुने बेलामा भारतले नेपालसहितका ७ देशका लागि बुधबारदेखि कोटा तोकेर चामलको निर्यात फुकुवा गार्ने निर्णय गरेको हो ।

क्यामरुन, आइभरी कोस्ट, मलेसिया, फिलिपिन्सलाई समेत भारतले चामल निर्यात गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?