+

नेपालले युएईसँग ३० कात्तिक र यमनसँग ५ मंसिरमा खेल्ने

२०८० कात्तिक  २ गते १४:३५ २०८० कात्तिक २ गते १४:३५
नेपालले युएईसँग ३० कात्तिक र यमनसँग ५ मंसिरमा खेल्ने

२ कात्तिक, काठमाडौं । फिफा विश्वकपको एसिया क्षेत्रको छनोट खेलको दोस्रो चरणको खेलतालिका सार्वजनिक भएको छ ।

समूह एचमा रहेको नेपालले पहिलो खेल कात्तिक ३० गते संयुक्त अरब इमिरेट्स (युएई) सँग दुबईमा खेल्नेछ ।

त्यस्तै दोस्रो खेल भने यमनसँग मंसिर ५ गते दशरथ रंगशालामा खेल्नेछ ।

यही समूहमा रहेका यमन र बहराइनले ३० कात्तिकमै साउदी अरेबियामा प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै ५ मंसिरमा बहराइन र युएईले बहराइनमा प्रतिस्पर्धा गर्नेछन् ।

पहिलो चरणको छनोटमा लाओसलाई समग्रमा २–१ ले पराजित गरेको नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो ।

लाओससँगको पहिलो लेग नेपालले २५ असोजमा दशरथ रंगशालामा १–१ को बराबरी खेलेको थियो । दोस्रो लेग ३० असोजमा लाओसमा भएको थियो र नेपाल १–० ले विजयी भएको थियो ।

समूह एचमा नेपालसँगै संयुक्त अरब इमिरेट्स, यमन र बहराइन रहेका छन् ।

 

नेपाल फिफा विश्वकप विश्वकप फुटबल छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय